You are viewing the translated version of बीमा व्यवसाय हस्तान्तरण सम्बन्धी अन्य व्यवस्था.

Section 82
बीमा व्यवसाय हस्तान्तरण सम्बन्धी अन्य व्यवस्था


(१) नियम ८१-मा जुनसुकै कुरा लेखिएको भए तापनि पुनर्बीमकले अर्को पुनर्बीमकलाई पोर्टफोलियो हस्तान्तरण गर्नुपूर्व प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ।

तर प्राधिकरणले निर्धारण गरेको रेटिङ्ग कायम नभएको पुनर्बीमकलाई पोर्टफोलियो हस्तान्तरण गर्न पाइने छैन।

(२) यस नियम बमोजिम हस्तान्तरण गरेको व्यवसायको जानकारी कम्तीमा दुई पटक राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन तथा अन्य प्रसारण संस्थामार्फत -प्रसारण गर्नु पर्नेछ।